बैंक तथा वित्तीय संस्थाहरूमा स्वार्थ बाझिने गरी काम भइरहेको छ : सांसद वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा स्वार्थ बाँझिने गरी काम भइरहेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् ।
सांसद वाग्लेले वित्तीय संस्थाहरूमा शेयर खरिदबिक्रीमा पनि स्वार्थ बाझिने गरी भइरहेका कामलाई राष्ट्र बैंकले सूक्ष्म अध्ययन गरेर रोक्न आवश्यक रहेको बताए । उनले अन्य निकायहरु भन्दा राष्ट्र बैंक विशिष्ट अधिकार प्राप्त संस्था भएकाले त्यहीअनुसार काम गर्न आवश्यक रहेको बताए ।
उनले राष्ट्र बैंकले विगत १५ वर्ष अघिको जस्तो बैङ्कहरूबाट जथाभाबी रुपमा हुने कर्जालाई सिमाना बाँध्न खाजेको भए आम जनतालाई भन्न जरुरी रहेको बताए । उनले कोभिडको बेला पुनःकर्जा लगाएका सुविधाले मानिसहरूमा विगतको जस्तै सुविधा पाउने आसमा रहेकाले कोभिडको जस्तो युगका नर्फकने सन्देश दिन आवश्यक रहेको बताए ।
उनले घरजग्गालाई धितो राखेर ऋण लिने जमाना गयो भन्ने सन्देशमा राष्ट्र बैंकले दिन खाजेको हो रु भन्दै प्रश्न गरे । सांसद वाग्लेले पछिल्लो एक वर्षमा ७ प्रतिशतले कर्जा प्रवाह कम हुनु चिन्ताको विषय भएको बताए । उनले निक्षेपमा भएको वृद्धि कर्जामा परिणत हुन आवश्यक रहेको बताए ।
उनले भने ‘कर्जा र निक्षेपको रेसियो गत वर्षको मंसिरको तुलनामा ७० बाट ८० मा झयोै भन्नुभयो । तर निक्षेप बढी रहेको छ । कर्जा त्यही अनुपातमा बढेन । एक वर्षमा ७ प्रतिशत कर्जा प्रवाह कम हुनु भनेको राम्रो होइन । तरलता बढ्नु राम्रो भयो तर कर्जामा परिणत नहुनु चिन्ताजनक हो । अहिले बैङ्कहरूले घरजग्गा धितो राखेर कर्जा दिन निरुत्साहित भइरहेका छन् । जसको क्यास इनकम र जसको नगत प्रवाह छ उनीहरुले ऋण पाउन थालेका छन् । पहिलाको जस्तो जथाभाबी कर्जाको युगबाट आउन खोज्दैछौं । घरजग्गालाई धितो राखेर ऋण लिने जमाना गयो भन्ने सन्देशमा राष्ट्र बैंकको बुझाई के हो । १५,२० वर्ष देखिको कर्जा विस्तारलाई सीमा भित्र बाँध्न थालेको भए भन्दा हुन्छ । जनप्रतिनिधिमा जन दबाब नआओस् । कोभिडको बेलाका अर्बौँको पुनरकर्जा लगायतमा फर्कने आस जनताले गरेका छन् । अब हामी त्यो युगमा फर्कंदैनौं भन्ने सन्देश आयो भने सजिलो हुन्छ । पछिल्लो समय वित्तीय क्षेत्रमा पनि स्वार्थ बाझिएका कुराहरू आएका छन् । राष्ट्र बैंकले देखिने गरी उठाउनु पर्यो ।’
बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले अहिले अर्थतन्त्र व्यवहारतः चलायमान देखिन नसकेको बताए । उनले साना तथा मझौला उद्योगी व्यवसायीहरू निराशामा रहेको बताए । उनले अर्थतन्त्रका केही सूचकहरू सकारात्मक भएपनि नकारात्मक सोचको विकास भइरहेको बताए ।
उनले अर्थतन्त्रका सूचकहरू सकारात्मक हुँदा पनि भइरहेको नकारात्मक सन्देश मुलुकको लागि घातक रहेको बताए । उनले मुलुकको अर्थतन्त्र चलायमान बनाउने विषयमा राष्ट्र बैंकको धारणा सार्वजनिक गर्नु आवश्यक रहेको बताए ।








