प्रदर्शन

बल्खुमा झडप, दुई पक्षबीच ढुंगा हानाहान

काठमाडौँ । काठमाडाँको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ ।

बिहीबार दिउँसो बल्खु पुगेका युवा संघ कार्यकर्ता र प्रसाईं पक्षबीच ढुंगा हानाहान भएको हो ।

युवा संघको बाइक र्‍याली कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको बेला बल्खुमा ढुंगाप्रहार भएपछि झडप भएको हो ।

कालिमाटीतर्फबाट तीनकुने जान लागेका युवासंघका कार्यकर्ता बल्खुस्थित पुलमा पुगेपछि दुई समूहको बिचमा ढुङ्गा हानाहान भएको हो ।

युवा संघका कार्यकर्ता र प्रसाईंका समर्थक बिच मुठभेड भएसँगै प्रहरीले माइकिङ गरेर युवा संघका कार्यकर्तालाई त्यहाँबाट हटाएको छ ।
करिब ३० जना युवा संघका कार्यकर्ता बाइक र्‍याली गर्दै बल्खुमा पुगेपछि झडपको अवस्था आएको सुरक्षामा रहेका प्रहरीले जनाएका छन् ।

दुई पक्षको बिचमा ढुङ्गा हानाहान हुँदा केही मोटरसाइकल र गाडीमा क्षति पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले युवा संघलाई काठमाडौंको तिनकुनेमा प्रदर्शन गर्न भनेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाई पक्षलाई दिएको बल्खुमा कार्यक्रम गर्न निर्देशन दिएको थियो । युवा संघलाई भने तीनकुनेमा । यसैबीच युवा स‌ंघका कार्यकर्ताहरू बल्खु पुगेपछि झडप भएको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + nine =