पुस्तकको नाम तोकेर नै अध्ययन गर्न आउनेहरू कम छ : मेयर महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले डिजिटल प्रविधिको विकाससँगै पुस्तकालयमा पुस्तक पढ्नेहरूको कमी हुँदै गएको बताएका छन् ।

दक्षिण एसियाली पुस्तक प्रदर्शन, २०२३ मा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै प्रमुख महर्जनले यस्तो बताएका हुन् ।

पुस्तकालयमा गएर पुस्तक पढ्ने परम्परालाई डिजिटल प्रविधिले परिमार्जन गर्दै लगेको बताए । उनले ललितपुर महानगरले पुस्तकालयहरूलाई प्राथमिकतामा राख्ने गरेको बताए ।

उनले पुराना पुस्ताकालयहरुलाई पुनः स्थापनाको लागि महानगरले पूर्वाधार निर्माण गरी पुस्तकहरू थप्ने योजनामा रहेको बताए । उनले पछिल्लो समय विगतको जस्तो पुस्तकको नाम नै तोकेर पुस्तक पढ्ने भन्ने प्रचलन हट्दै गएको बताए ।

उनले डिजिटल प्रविधिको कारण आवश्यक पुस्तक हातमा नै अध्ययन गर्न सकिने अवस्था आएकाले पुस्तकालयमा गएर पुस्तक अध्ययन गर्नेहरूमा कमी आएको बताए ।

उनले भने ‘सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट अध्ययनको लागि आवश्यक पुस्तकहरू पाउने भएकाले पछिल्लो समय पुस्तकालयमा अथवा पुस्तक पढ्ने मानिसहरु क्रमशः कम हुँदै गएको महसुस भएको छ । उदाहरण भन्नुपर्दा केही समय पहिला गोरखापत्र र कान्तिपुर पढ्न नपाउँदा निन्द्रा नलाग्ने मानिसहरु धेरै थिए । अहिले त्यो समय परिवर्तन भएको छ । पत्रिकाहरू पढ्न नपाएको भन्ने मानिसहरु कमै छन् । पत्रपत्रिकाको जस्तै पुस्तकमा पनि असर परेको छ । अमेरिकन पुस्तकालयहरूमा धेरै जाने गरेका थियौँ । बाहिर पुस्तक किन्न पहुँच थिएन । तर अहिले इन्टरनेटको कारण कुनै पुस्तक पढ्न मन लाग्दा तत्काल हातमा भेटिन्छ । पुस्तक अध्ययन गर्ने परम्परा पनि प्रविधिमैत्री भइरहेको अवस्थामा पुस्तकको नाम तोकेर नै अध्ययन गर्ने भनेर आउनेहरू कम छन् । तर ललितपुर महानगरपालिकाले नगरपालिका भित्र रहेका पुस्ताकालयहरुलाई पुनः जागरण ल्याउने काम गरिरहेका छौं । पुस्तकालय बनाउने विषयमा महानगरको प्राथमिकतामा छ ।’

उनले ललितपुर महानगरपालिकाले शिक्षा क्षेत्रमा राम्रो काम गरेकाले आफू दोस्रो पटक पनि निर्वाचित भएर आएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 19 =