भक्तपुरमा नवजात शिशु मृत अवस्थामा फेला
२०८० कार्तिक ३० गते

सांकेतिक तस्बिर
भक्तपुर । सूर्यबिनायक नगरपालिका–४ पात्लेटारस्थित खोल्साको झाडीमा नवजात बालिका शिशु बुधबार साँझ वेवारिसे अवस्थामा मृत फेला परेकी छन् ।
बालिका मृत फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दधिकोट र प्रहरी वृत्त ठिमीबाट खटी गएको प्रहरीले शवको कानुनी प्रकृया पूरा गरी यस समबन्धमा आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।
२०८० कार्तिक ३० गते
प्रतिक्रिया
सम्बन्धित








