राष्ट्रिय फुटबल टिमका पूर्व डिफेन्डरसहित चार जना पक्राउ
२०८० कार्तिक २३ गते

फुटबलर दिनेश राजवंशी र उनका ३ जना साथीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार राति लैनचौरस्थित मल्ल होटल नजिकैबाट पक्राउ गरेर प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ।
उनीहरुलाई अभद्र व्यवहारको कसुरमा हिरासतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए।
नेपालको राष्ट्रिय टिमका पूर्व डिफेन्डर दिनेश पछिल्लो समय अष्ट्रेलिया गएका थिए। नेपाल फर्किएको बेला उनी पक्राउ परेका हुन्।
२०८० कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित








