पूर्वरानी कोमल शाहले गरिन् पुष्पमेलाको अवलोकन

काठमाडौं । पूर्वरानी कोमल शाहले पुष्पमेलाको अवलोकन गरेकी छन् ।

शुक्रवार ललितपुरको जावलाखेलमा गत मंगलवारबाट जारी १६ औं गोदाबरी फूलको प्रतियोगितात्मक प्रदर्शनी स्थलमा पुगेर पूर्वरानी शाहले पुष्पमेलाको अवलोकन गरेकी हुन् ।

उनले पुष्पमेला अवलोकन गर्नुका साथै केही फूल खरिद समेत गरिन् । यो वर्षको पुष्पमेलामा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता भइरहेको नेपाल फ्लोरी कल्चर एशोसिएशन (फ्यान)का अध्यक्ष मिनबहादुर श्रेष्ठले बताए ।

उनले मेलाको चौथो दिनसम्म आउँदा ५२ लाख बराबरको कारोबार भइसकेको उल्लेख गरे ।

उनले चौथो दिनसम्ममा २१ हजार अवलोकनकर्ताहरुको मेलामा सहभागिता जनाएको बताए । उनले पाँच दिनमा मेलामा १ करोड बराबरको कारोबार हुने अपेक्षा रहेको बताए ।

१६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १८ गते शनिवारसम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =