आफ्नै बुवाको हत्या गरेको अभियोगमा २४ वर्षीय गणेश चौधरी पक्राउ
२०८० कार्तिक १२ गते

कैलाली । आफ्नै बुवाको हत्या गरेको अभियोगमा २४ वर्षीय गणेश चौधरी पक्राउ परेका छन् ।
आफ्नै बुवा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका–३ लाईकपुर चौधरी गाउँ बस्ने उनलाई शनिबर राति प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घरको आँगनमा घरायसी बिवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
२०८० कार्तिक १२ गते
प्रतिक्रिया
सम्बन्धित








