गाजामा मानवीय सहायताका लागि ८४ ट्रक पुगेको इजिप्टको घोषणा

एजेन्सी । इजिप्टियन रेड क्रिसेन्ट सोसाइटीका कार्यकारी निर्देशक रामी अल–नाजरले शनिवार इजिप्टियन रेड क्रिसेन्टसँग सम्बन्धित ८४ ट्रक खाद्यान्न, मानवीय र चिकित्सा सहायता गाजा स्ट्रिपमा पुगेको घोषणा गरेका छन् । उनले मानवीय सहायता पठाउने सबैलाई धन्यवाद ज्ञापन गरे ।

उनले प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीको छेउमा रहेको जग्गामा के भइरहेको भन्नेबारे पत्ता लाग्न नसक्दा अझै त्यहाँको आवश्यकता पहिचान गर्न कठिन भइरहेको बताए । मध्यपूर्व र उत्तर अफ्रिकाका लागि रेड क्रस र रेड क्रिसेन्ट सोसाइटीजको अन्तर्राष्ट्रिय महासंघका क्षेत्रीय निर्देशक होसम एलशारकावीले गाजा पट्टीलाई आवश्यक सहायता पठाएर सहयोग गर्न विश्वलाई आह्वान गरेका हुन् ।

इजिप्टियनवासीलाई सहायता पठाएकोमा धन्यवाद दिए । उनले मानवीय अभियानको निरन्तरताको लागि युद्धविराम सम्झौतामा पुग्न आह्वान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =