दसैँ मनाउन गाउँ गएकाहरू फर्किन थालेसँगै बढ्यो काठमाडौँमा चहलपहल

काठमाडौँ । दसैँ मनाउन गाउँ गएका फर्किन थालेका छन् ।

नेपालीहरूको महान् चाड बडा दसैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ ।

काठमाडौँको कलङ्की, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ ।

दसैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भए पनि बिस्तारै गाउँ गएकाहरू उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ ।

गाउँबाट फर्किएकाहरू सडकमा सामान र बालबालिकाहरूसहित उभिएको देख्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fourteen =