त्रिभुवन विमानस्थलबाट अवैध रूपमा विदेशी मुद्रा लैजान लागेका भुटानी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ९ हजार ५ सय अमेरिकी डलर र ८ हजार भारतीय रुपैयाँसहित भुटानी नागरिक ६५ वर्षीया यशी चोडेनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ड्रुक एयरको उडानद्वारा काठमाडौँबाट पारो जान लागेकी उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट लुकाई लैजान लागेको उक्त विदेशी मुद्रासहित फेला पारी पक्राउ गरेको हो ।

नेपाल प्रहरी केन्द्रीय कार्यालयका अनुसार उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =