लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा
२०८० असोज ३० गते

विश्वकप फुटबलको छनोट खेलमा लाओसलाई उसैको मैदानमा पराजित गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ। मनिष डाँगीको गोलमा नेपालले दोस्रो खेलमा लाहोसलाई पराजित गरेको हो।
यसअघि घरेलु मैदानमा भने नेपालले लाओससँग १–१ गोलको बराबरी खेलेको थियो।
नेपालका लागि मनिषले ५३ औं मिनेटमा गोल गरे। उनले अन्जन बिष्टको पासमा गोल गरेका हुन्।
अब नेपालको विश्वकप छनोटको दोस्रो चरणका खेल खेल्नेछ।
२०८० असोज ३० गते
प्रतिक्रिया
सम्बन्धित








