फेरि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य १५ रुपैयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ९०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ३५० रुपैयाँ कायम छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ कायम थियो ।

चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको छ । आज तोलामा १५ रुपैयाँले घटेको चाँदी हिजो सोमबार १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =