डिएसपी बेदराज जोशीलाई नेपाल प्रताप सुभुषण पदक
२०८० असोज ३० गते

काठमाडौं । प्रहरी दिवस २०८० को अवसरमा प्रहरी नायब महानिरीक्षक बेदराज जोशी पुरस्कृत भएका छन् । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरको हातबाट उनी पुरस्कृत भएका हुन् ।
उनले नेपाल प्रताप सुभुषण पदक पाएका हुन् । यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत रहेका जोशी हालै प्रहरी प्रधान कार्यालयमा सरुवा भएका छन् । वडा प्रहरी कार्यालय बैदाको प्रमुख रहँदा जोशीले उत्कृष्ट सेवा गरेबापत पदक पाएका हुन् ।
२०८० असोज ३० गते
प्रतिक्रिया
सम्बन्धित








