कोशीका नवनियुक्त मुख्यमन्त्रीले भने : प्रदेशको राजनीतिक सङ्कट समाधान भयो

काठमाडौँ । कोशीका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशको राजनीतिक सङ्कट समाधान भएको बताएका छन् ।

आइतबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले राजनीतिक सङ्कट समाधान भएको बताएका हुन् ।

उनले भने ‘कार्कीले ‘प्रदेशसभा विघटन हुन्छ कि, मध्यावधि हुन्छ कि, जनता फेरि लाइनमा लागेर मतदानमा जानुपर्छ कि, राज्यको ढुकुटी कहीँकतै बीचैमा खर्च हुन्छ कि भन्ने चिन्ता समाप्त भएको छ’

उनले भौतिक विकास मात्र नभई मानवीय विकास पनि प्राथमिकतामा राखेर काम गर्ने बताए । प्रदेशमा देखिएका सामाजिक, सांस्कृतिक विषय वार्ताद्वारा समस्या समाधान गर्ने पनि मुख्यमन्त्री कार्कीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 16 =