फुटबल खेल्न इजरायल पुगेकी साम्बा बुधबार नेपाल आउने
२०८० असोज २२ गते

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा भोलि मंगलबार नेपाल फर्किने भएकी छन्।
प्यालेस्टाइनी विद्रोही समूह हमास हमलाका कारण इजरायलको लगि बन्द भएपछि साम्बा श्वदेश फर्किन लागेकी हुन्।
साम्बा रहेको क्षेत्र रानानामा अहिलेको स्थिति सामान्य भएपनि उनी फर्किन लागेकी हुन्।
साम्बा बुधबार नेपाल आइपुग्नेछिन्।उनी भएको ठाउँमा आत्तिनुपर्ने अवस्था नभएको र लिगका खेलहरु अनिश्चित समयका लागि स्थगित भएका कारण फर्किन लागेको बताएकी छन्।
साम्बा इजरायल लिग अल वुमन्स लिग क्लब हापोयल रानानामा यसै सिजन आवद्ध भएकी हुन्।
यूईएफले एक विज्ञप्ती मार्फत इजरायलको वर्तमान सुरक्षालाई ध्यानमा राख्दै आगामी दुई साताका लागि इजरायलमा निर्धारित सबै खेलहरु स्थगित गर्ने निर्णय गरेको हो।
२०८० असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








