लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलबीच मर्जर सम्झौता
२०८० असोज १९ गते

काठमाडौँ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने औपचारिक सम्झौता भएको छ ।
समझदारी पत्रमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।
लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड २०८० साल आषाढ २८ गते बाट सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सन्राइज बैंक लिमिटेड भई एकिकृत कारोबार प्रारम्भ भएपछि लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरू मर्ज हुने भएका हुन् ।
मर्जर पश्चात् कम्पनीको चुक्ता पुँजी ४८ करोड रुपैयाँ पुग्नेछ छ ।
२०८० असोज १९ गते
प्रतिक्रिया
सम्बन्धित








