९२ प्रतिशत श्रमिक सीप तथा तालिम बिना नै वैदेशिक रोजगारीमा गइरहेका छन् : श्रमसचिव (भिडिओ)

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यो वर्ष वैदेशिक रोजगारीमा गएका ९२ प्रतिशत श्रमिक सिप तथा तालिम नभएकाहरू गएको बताएका छन् ।

शुक्रवार नेपाल उद्योग परिसंघले आयोजना गरेको श्रमिक सीप विकासमा नीतिगत व्यवस्था विषयक छलफल कार्यक्रममा बोल्दै सचिव भण्डारीले यस्तो बताएका हुन् । उनले नेपालको कानुनले वैदेशिक रोजगारीमा जानको लागि सीप र तालिम अनिवार्य आवश्यक भनेको बताए । उनले कानुनी व्यवस्था भए पनि नेपालबाट वैदेशिक रोजगारीमा जानेहरू मध्ये ९२ प्रतिशत श्रमिक सीप विना विदेश गइरहेको बताए । उनले पछिल्लो वर्ष वैदेशिक रोजगारीमा गएका साढे ३ लाख नेपालीहरू मध्ये ९२ प्रतिशत तालिम बिना गएको उल्लेख गरे ।

सचिव भण्डारीले तालिम र सिपको सर्टिफिकेट आवश्यक पर्ने भएकाले तालिम बिनाको सर्टिफिकेट बोकेर विदेश जाने गरेको बताए । उनले सीप बिना वैदेशिक रोजगारीमा जाने गरेकाले नेपालमा आएर सामान्य सुनचाँदी बनाउने भारतीय कालिगडहरूले गर्ने आम्दानी भन्दा पनि कम रहेको बताए । उनले नेपालमा सीप विकासको लागि तालिम दिने भनेर सबै मन्त्रालय र संस्थाहरूले गरिरहेको भन्दै अब सरकारले शिक्षा र श्रम मन्त्रालयलाई श्रमिक र एडभान्स तालिम सिटिभिटीलाई मात्रै दिएर अन्य सबै बन्द गर्न आवश्यक रहेको बताए । उनले तालिम दिने सरकारका धेरै संस्था भए पनि श्रम बजारमा तालिम दिने श्रमिकको अभाव रहेको बताए । उनले आन्तरिक श्रमबजारमा सिप विकास तालिम भएका श्रमिकको माग धेरै रहेको बताए। उनले काठमाडौँमा पल्विङको काम गर्ने भारतको उडिसा प्रदेशका ७ हजार ५०० सय मानिसहरु रहेको उल्लेख गरे । उनले फर्निचर,टायल मार्वल,सुनचाँदीका कालिगडहरु सबै भारतीय रहेको भन्दै भारतीयबाट नेपालमा आएका सुनचाँदीको पसल भित्र बसेर कमाउने आम्दानी सीप भएका नेपालीले गल्फ मुलुकहरूमा कमाए भन्दा बढी रहेको दाबी गरे ।


भण्डारीले नेपालका टेलरिङ तथा गार्मेटहरुमा ८० प्रतिशत श्रमिकहरू भारतीय श्रमिक रहेको बताए । उनले नेपालको श्रमबजारमा माग ठुलो छ तर नेपाली श्रमिकहरू नेपालमा नभएको बताए । उनले नेपाली श्रम बजारमा सिपको अभाव रहेको भन्दै नेपालीहरूले १७८ देशमा काम गरिरहेका बताए । उनले सिप र क्षमता भएका मानिसहरु १७८ देशमा काम गरेको भए नेपालको रेमिट्यान्स अहिले आएको भन्दा दोब्बर हुनुपर्ने बताए । उनले सरकारले तालिम र सीप विकासमा लगानी गर्न आवश्यक रहेको बताए । उनले सीप विकास गर्ने भनेर सरकारले योजना बनायो तर शिक्षा,श्रम र तालिम दिने संस्थाहरूको स्वार्थको कारण काम नभएको दाबी गरे ।

भण्डारी भन्छन्,‘नेपालबाट नयाँ कामदार भारत बाहेकका मुलुकमा वैदेशिक रोजगारीमा जानेहरू करिब साढे ३ लाख हुन । जम्मा गएका ७ लाख ७१ हजार हुन । जसमा नेपालबाट श्रम स्वीकृति लिएर । भिजिट भिषामा गएर काम गर्नेहरू धेरै छन् । नयाँ गएका साढे ३ लाख मध्ये ९२ प्रतिशत श्रमिकहरूसँग कुनै सिपको तालिम छैन । तर मुलुकको कानुनले विदेश जाने कामदारलाई तालिम लिएर मात्रै वैदेशिक रोजगारीमा पठाउनु भन्छ । श्रमिकको फाइलमा तालिम विनाको सटिपिकेट छ । अहिले सरकारले डाक्टरको लागि विदेश खुला ग¥यो भने मुलुकमा डाक्टर बस्नेवाला छैनन् । अहिले स्थानीय तह,प्रदेश र संघीय सरकारले सिप विकास तालिम दिने गरेको छ । तर श्रम बजारमा तालिम दिने मानिसहरु छैनन् । आन्तरिक श्रमबजारमा सिप विकास तालिम भएका श्रमिकको माग धेरै छ । नेपालको काम गराई राम्रो छैन । सडक पिच र पुलहरु राम्रो छैन । मानिसहरूमा सिप छैन । नेपालीहरूमा सिप होस पनि कसरी सिप बिना नेपालीहरू विदेशमा जान्छन् । नेपालमा सिप सिकेको मानिसहरु आउँछन् । काठमाडौँमा पल्विङको काम गर्ने भारतको उडिसा प्रदेशका ७ हजार ५०० सय मानिसहरु छन् । आम्दानी हिसाब गरे भन्दा राम्रो छ । फर्निचर,टायल मार्वल,सुनचाँदीका कालिगडहरु सबै भारतीय छन् । भारतीयबाट नेपालमा आएका सुनचाँदीको पसल भित्र बसेर कमाउने आम्दानी सिप भएका नेपालीले गल्फ मुलुकहरूमा कमाए भन्दा बढी छ । टेलरिङमा तथा गार्मेटहरुमा ८० प्रतिशत श्रमिकहरू भारतका छन् । नेपालको श्रमबजारमा माग ठुलो छ तर नेपाली श्रमिकहरू नेपालमा छैनन् । नेपालीहरूले पढ्नु, सिप तथा तालिम चाहिँदैन । नेपाली भएपछि त्यतिकै हुन्छ भन्नेमा छौँ । श्रमिकहरूलाई दिने सिपमुलुक तालिमको जिम्मा शिक्षा र श्रम मन्त्रालयलाई मात्रै दिनुपर्छ । एकेडेमी जति सिटिभिटीलाई दियौँ । अन्यबाट दिने तालिम बन्द गरौँ । नेपाली श्रम बजारमा सिपको अभाव छ । नेपालीहरूले १७८ देशमा काम गरिरहेका छन् । सिप भएका मानिसहरु भएको भए रेमिट्यान्स अहिले आएको भन्दा दोब्बर हुने थियो । सरकारले तालिम र सिप विकासमा लगानी गर्न आवश्यक छ । सिप विकास गर्ने भनेर सरकारले योजना बनायो तर शिक्षा,श्रम र तालिम दिने संस्थाहरूको स्वार्थको कारण काम भएन । नेपालको मानव श्रम साधन कमजोर छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =