इस्तानबुलमा भएको विस्फोटमा परी दुईको मृत्यु, ४ घाइते
२०८० असोज १२ गते

सिन्ह्वा । टर्कीको ठूलो सहर इस्तानबुलमा भएको विस्फोटमा पी दुई जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
इस्तानाबुल गभर्नरको कार्यालयले विस्फोट बहसेलिभर जिल्लाको एक भवनमा प्राकृतिक ग्याँस कम्प्रेसनका कारण भएको थियो ।
घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । विस्फोटपछि आगो लाग्नबाट रोक्न विभिन्न अग्नियन्त्रकहरुको परिचालन गरिएको थियो भने आसपासका क्षेत्र खालि गराइएको थियो ।
२०८० असोज १२ गते
प्रतिक्रिया
सम्बन्धित








