चिकित्सकको आन्दोलन जारी, पेसागत सुरक्षा माग

काठमाडौं । सुरक्षा माग गर्दै चिकित्सकले बिहीबार पनि आन्दोलन जारी राखेका छन् ।

मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका चिकित्सकमाथि कुटपिट भएको विरोधमा चिकित्सकले काठमाडौंको माइतीघरमा आन्दोलन गरेका हुन् ।

उनीहरुले पेसागत सुरुक्षाको ग्यारेन्टी माग गर्दै आक्रमण कार्यमा संलग्न देखिएका दोषीलाई प्रशासनिक एवम् कानुनी कारबाही गर्न माग गरेका छन् ।

उनीहरूले मंगलबारदेखि आन्दोलन सुरु गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =