साफ यू १९ च्याम्पियनसिप
दशरथ रंगशालामा नेपाल भर्सेस भारतका १२ तस्बिर
२०८० असोज १० गते

साफ यू १९ च्याम्पियनसिपमा नेपाललाई पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ।
निर्धारित समय १–१ को बराबरीमा सकिएपनि नेपाल पेनाल्टिसुटआउटमा पराजित भएको हो।
नेपालका आश्विन घोरासैनी, कुशल देउवाले गोल गरे पनि बाँकी गोल गर्न असफल भए।
भारतका अर्जुन सिंह, गोगोम्सर गोयरी, मांगिलेतम किपगेमले गोल गरे। भारतका दुई पेनाल्टि भने विफल भए।
खेलको २६ औं मिनेटमा शाहिल खुर्सिदको गोलमा भारतले अग्रता बनाएको थियो।
तर ७४ औं मिनेटमा समिर तामाङको हेडर गोलमा नेपाल खेलमा फर्किएको थियो।
फाइनलमा पाकिस्तान र भारत भिड्ने भएका छन्। फाइनल शनिबार हुनेछ।
खेलका तस्बिरहरु:

२०८० असोज १० गते
प्रतिक्रिया
सम्बन्धित








