लिभरपुलको सानदार जित, टोटनह्याम र आर्सनलको बराबरी

इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्ट ह्याममाथि शानदार जित निकालेको छ । आईतबार एनफिल्डमा लिभरपुलले वेस्ट ह्याममाथि ३–१ को जित निकालेको हो ।
खेलको १६ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। पाहुना टोलीका जारोड बोबेनले ४२ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए।
तर नुनेजले ६० औं मिनेटमा लिभरपुलको अग्रता २–१ को बनाउँदा खेल सकिन ५ मिनेट अघि जोटाले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।
जितसँगै लिभरपुलले ६ खेलबाट १६ अंक बनाएको छ । वेस्ट ह्यामको १० अंक छ ।
अर्को खेलमा घरेलु मैदानमा आर्सनलले टोटेनहमसँग २–२ गोलको बराबरीमा रोकेको छ।
खेलको २६ औं मिनेटमा रोमेरोको आत्मघाति गोलमा आर्सनलले खेलमा अग्रता बनाएको थियो । टोटेनहमका कप्तान सन ह्युङ मिनले ४२ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफमा बुकायो साकाले पेनाल्टीमार्फत पुन आर्सनललाई अघि बढाएका थिए । लगत्तै कप्तान मिनले टोटेनहमका लागि गोल गर्दै खेल बराबरीमा ल्याए ।
बराबरीसँगै आर्सनल र टोटेनहमले ६ खेलबाट समान १४ अंक जोडको छन् ।








