एसिया कप सुपर ४ – श्रीलंकाले दियो बंगलादेशलाई २५८ रनको लक्ष्य
२०८० भदौ २३ गते

एसिया कप क्रिकेटमा बंगलादेशलाई श्रीलंकाले २५८ रनको लक्ष्य दिएको छ।
कोलम्बोको रणसिंघे प्रेमदास स्टेडियममा पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २५७ रन बनाएको हो।
श्रीलंकाका लागि सदीरा समरविक्रमा ९३ रन तथा कुसल मेन्डिसको ५० रनको मद्दतमा श्रीलंकाले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको हो।
सदीराले ७२ बलमा ८ चौका र २ छक्काको मद्दतमा ९३ रन बनाउँदा कुसल मेन्डिसले पनि ७३ बलमा अर्धसतक पूरा गरे।
कप्तान दासुन शानकाले २४ र ओपनर पथुम निसानकाले ४० रन बनाए।
बंगलादेशका लागि तस्किन अहमद र महमुदले समान ३ विकेट लिँदा शरीफुल इस्लामले २ विकेट लिए। बंगलादेशले जवाफी ब्याटिङ सुरु गरेको छ।
यसअघि समूह चरणको खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो।
२०८० भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित








