एसिया कप सुपर ४ – श्रीलंकाले दियो बंगलादेशलाई २५८ रनको लक्ष्य

एसिया कप क्रिकेटमा बंगलादेशलाई श्रीलंकाले २५८ रनको लक्ष्य दिएको छ।

कोलम्बोको रणसिंघे प्रेमदास स्टेडियममा पहिले ब्याटिङ गरेको श्रीलंकाले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २५७ रन बनाएको हो।

श्रीलंकाका लागि सदीरा समरविक्रमा ९३ रन तथा कुसल मेन्डिसको ५० रनको मद्दतमा श्रीलंकाले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको हो।

सदीराले ७२ बलमा ८ चौका र २ छक्काको मद्दतमा ९३ रन बनाउँदा कुसल मेन्डिसले पनि ७३ बलमा अर्धसतक पूरा गरे।

कप्तान दासुन शानकाले २४ र ओपनर पथुम निसानकाले ४० रन बनाए।

बंगलादेशका लागि तस्किन अहमद र महमुदले समान ३ विकेट लिँदा शरीफुल इस्लामले २ विकेट लिए। बंगलादेशले जवाफी ब्याटिङ सुरु गरेको छ।

यसअघि समूह चरणको खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *