शनिबार : देशभरका घटना अपडेट

अवैध लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौं, नागार्जुन नगरपालिका-१ रानीवन बस्ने ताप्लेजुङ खक्कलुङ गाउँपालिका-९ घर भएका २५ वर्षीय अर्जुन लिम्बु समेत ३ जनालाई अवैध लागूऔषध गाँजा ८ सय ग्रामसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लिम्बुको कोठाभित्र अवैध लागूऔषध लुकाई राखेको भन्ने सूचानको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
रूपन्देही, देवदह नगरपालिका-१० चरङ्गे रम्भाटोल बस्ने ३० वर्षीय सुशिल पुनलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ९० मिलिग्रामसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मोरङ, रंगेली नगरपालिका-४ चोप्राहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका-८ शुक्रबारे बस्ने १९ वर्षीय पर्वत लिम्बु र बेलबारी नगरपालिका-८ बस्ने २६ वर्षीय सन्दिप कार्की रहेका छन् । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले प्र.१-०२-०४१ प ४८२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुकसहित एक जना पक्राउ
फाल्गुनन्द गाउँपालिका-५ निगुरे बस्ने ३० वर्षीय दिपक चेम्जुङ्लाई भरूवा बन्दुक १ थानसहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
दिपकले मादक पदार्थ सेवन गरी आफ्नै भाई र बुहारीसँग विवाद गरी बुहारीलाई भरूवा बन्दुक देखाई मार्छु भनेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फाक्तेपबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कञ्चनपुर, ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-२ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती महिलालाई भदौ २० गते राति पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
झापा, २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका-३ सुरूङ्गा बस्ने २३ वर्षीय महमद कमाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । कमालले ती महिलालाई विवाह गर्ने आश्वसन देखाई अर्जुनधारा नगरपालिका-११ स्थित सालबाडी जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ
काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित ओम रावतको मालिका इन्टरप्राईजेज भाँडा पसलभित्र जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएका २९ वर्षीय जीवन खड्का समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २१ हजार ७ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको नगदसहित एक जना पक्राउ
जनकपुर उपमहानगरपालिका-४ राजदेवी मन्दिर नजिकबाट स्रोत नखुलेको नगद २० लाख ५० हजार रूपैयाँसहित भारत विहार राज्य घर भएका २० वर्षीय राजेश कुमार साहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी हबजोयरधानबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा १२ जनाको मृत्यु
बाँके, राप्तीसोनारी गाउँपालिका-८ सम्शेरगंजस्थित सडकमा बिग्रिएर रोकि राखेको ना.८ ख ६४०५ नम्बरको ट्रकमा दाङबाट कोहलपुरतर्फ जाँदै गरेको ना.७ ख २३२१ नम्बरको बस ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा बसमा सवार बर्दिया ठाकुरबाबा नगरपालिका-९ बस्ने ५० वर्षीय काशिराम थारू समेत ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर गाइते भएका उनीहरूको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३३ जनालाई उपचारको लागि मेडिकल कलेज कोहलपुर पठाएकोमा ४ जनालाई थप उपचारको लागि नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको छ भने २ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सिन्धुली, दुधौली नगरपालिका-१० रातमाटास्थित सडकमा जल्किनेबाट दुधौलीतर्फ जाँदै गरेको बा.४ ख ५१३० नम्बरको कमलामाई बोर्डिङ स्कुलको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१३ बस्ने ५२ वर्षीय समर बहादुर तामाङको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । उक्त बसले प्रदेश १-०५-००१ ह ०१८३ नम्बरको अटोलाई ठक्कर दिँदा अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका अटोमा सवार २ जना दुधौली प्रयाग हस्पिटलमा सामान्य उपचार पश्चात डिस्चार्ज भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, राप्ती नगरपालिका-३ झुरझुरेस्थित सडकमा प्र.२-३-००२ ख ५६०९ नम्बरको ट्रक र ना.३ ख ५४८८ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा ना.३ ख ५४८८ नम्बरको ट्रक चालक नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-१ बस्ने ४३ वर्षीय प्रकाश कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.२-३-००२ ख ५६०९ नम्बरका चालक र सहचालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
भक्तपुर, सूर्यविनायक नगरपालिका-८ स्थित सडकमा प्रदेश ३-०२-००२ प ६९३ नम्बरको मोटरसाइकल बागमती प्रदेश ०३-००१ ख २४११ नम्बरको टेलर गाडीमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काभ्रेपलान्चोक बनेपा नगरपालिका-२ घिमिरेगाउँ बस्ने २५ वर्षीया नविना काफ्ले घिमिरेको घटनास्थलमै मृत्यु भएको छ । उक्त मोटरसाइकल बाग्मती प्रदेश ०२-०२३ प २८५९ नम्बरको मोटरसाइकलमा ठक्कर खाई अनियन्त्रित भई टेलर गाडीमासमेत ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकल चालकको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । टेलर गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, धरान उपमहानगरपालिका-१३ जिरोप्वाइन्टस्थित सडकमा वि.पि.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको को.१ क ११५९ नम्बरको स्कुल बस र प्र.१-०२-०५२ प १९५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा स्कुटरमा सवार सोही प्रतिष्ठानमा कार्यरत पर्सा घर भएकी २६ वर्षीया अम्बिका माखिमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, कमल गाउँपालिका-३ बोहरा टोलस्थित सडकमा मे.११ प ९२०३ नम्बरको मोटरसाइकल र मे.२ प ५९२३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मे.२ प ५९२३ नम्बरको मोटरसाइकल चालक कमल गाउँपालिका-३ बस्ने ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो । मे.११ प ९२०३ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
पथरी शनिश्चरे नगरपालिका-६ तितरी झ्याङ बस्ने ५६ वर्षीया शन्तीला भट्टराई लुईटेलको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ । आफ्नै घर आगाडि कलमा नुहाउने क्रममा पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
बझाङ, छबिसपाथिभेरा गाउँपालिका-४ स्थित तिलेली खोलाको किनारामा सोही गाउँपालिका-१ जिप्ली बस्ने ६० वर्षीय बर्म बिष्ट शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-१६ डक्रैनास्थित मलवारे कुलोमा सोही उपमहानगरपालिका-१२ बस्ने ३२ वर्षीय गोविन्द भण्डारी शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, केराबारी गाउँपालिका-१० बस्ने ६० वर्षीय दिलकुमार याख्खा आफ्नै घरमा शनिबार मृत
अवस्थामा फेला परेका छन् ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौरस्थित वडा कार्यालय नजिक हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, इश्वरपुर नगरपालिका-१४ स्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरूष
शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ, गलकोट नगरपालिका-७ बामिया बस्ने ज्ञान बहादुर खड्काको घर पछाडी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
भरतपुर महानगरपालिका-३ लायन्स चोकस्थित नहरमा डुबेर सोही महानगरपालिका-३ बेलचोक बस्ने नेत्रमणी भट्टराईको छोरा १२ वर्षीय रिजन भट्टराईको शनिबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय नारायगणबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा भरतपुर महानगरपालिका-४ बैकुण्ठ चोकस्थित नहरमा शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं, नागार्जुन नगरपालिका-६ टौखेल बस्ने ३६ वर्षीय अर्पण पौडेलको घरको ढोकाको ताल्चा फोडी सुनका विभिन्न गरगहना, ल्यापटप तथा आइफोन समेत गरी करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार दिउँसो चोरी भएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-१० पाटन ढोकास्थित IDI (Information Dissemination Initiative Pvt.Ltd,) बाट १ थान प्रोजेक्टर र Foresight Pvt.Ltd. बाट २ थान ल्यापटप गरी करिब ३ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल शुक्रबार साँझ चोरी भएको छ ।
यसैगरी ललितपुर, गोदावरी नगरपालिका-१२ धापाखेलस्थित मकवानपुर थाहा नगरपालिका-२ पालुङ घर भएका रमा कार्कीको रमा फेन्सी स्टोर पसलबाट करिब २ लाख ४७ हजार रूपैयाँ बराबरको विभिन्न कपडा गएराति चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
प्रसौनी गाउँपालिका-२ पतंजलिस्थित अपुर्व प्लाई फेक्ट्रिको मटर मेसिनमा शनिबार दिउँसो आगलागी हुँदा करिब २० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।










