सन्दीप विरुद्धको बलात्कार मुद्दाको पेसी आज, आउनसक्छ फैसला
२०८० भदौ २१ गते

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि आज लाई पेसी तोकिएको छ ।
गत भदौ १० गते उक्त मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेकोले आजका लागि पेसी तोकिएको हो ।
अन्तिम बहस सकिएमा आजै फैसला आउने सम्भावना रहेको छ ।
सर्वोच्च अदालतले फास्ट ट्र्याकबाट मुद्दाको सुनुवाइ गर्न भनेपनि जिल्ला अदालत काठमाडौंमा भने पटकपटक मुद्दाको पेशी सर्दै आएको छ ।
लामिछानेले १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ । ती किशोरीले एक होटेलमा लगेर आफूलाई सन्दीपले बलात्कार गरेको भनी गत वर्ष भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।
२०८० भदौ २१ गते
प्रतिक्रिया
सम्बन्धित










