काठमाडौँका सडकमा साइकल चलाउने वातावरण छैन : हरिवंश आचार्य

वरिष्ठ कलाकार हरिवंश आचार्यले पैदलयात्री, साइकल यात्री र ह्विल चियरमैत्री सडक अहिलेको आवश्यकता रहेको बताएका छन् ।

काठमाडौं आयोजित सडक अधिकार र स्वच्छ वायुको लागि नागरिक भेलामा आचार्यले सहरको नीति निर्माणमा साइकल यात्रा र ह्विलचियरमैत्री सडक प्राथमिकतामा पारिनुपर्ने बताएका हुन् । उनले काठमाडौँमा सडकहरूमा साइकल चलाउने वातावरण नभएको बताए ।

आचार्यले स्वच्छ वायुका लागि पनि साइकल यात्रा उपयुक्त हुनुपर्ने भन्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए । उनले मानव स्वास्थ्यका लागि पनि साइकल यात्रा उपयुक्त हुने बताए । साइकलले प्रदूषण घटाउने र डिजेल पेट्रोलका साधनले प्रदूषण बढाउने भएकाले साइकल, ह्विलचियर र पैदलयात्रीमैत्री सडकलाई प्राथमिकतामा पारिनुपर्ने बताए । उनले सडकका नयाँ संरचनाहरू बनिरहेपछि साइकल लेन छुट्टयाउन कन्जुस्याइँ गरिएको आचार्यको भनाई छ । उनले आफूसँग साइकल चलाउने सीप भएपनि साइकल चलाउने ठाउँको अभाव हुँदा समस्या भएको बताए ।

आचार्य भन्छन्, ‘पहिलो सवारी साधन काठको बनाएको थियो रे । नेपालमा पनि साइकललाई सात लाख रुपैयाँसम्म पर्दोरहेछ । मानव निर्मित पहिलो सवारी साधन भएकाले यसलाई जति सम्मान गर्नुपर्ने हो, सुरक्षित तरिकाले संसारकै सुरक्षित सवारी साधनको प्रतीक भनेर मान्नुपर्ने हो त्यसको पालना गर्न सकेका छैनौँ । तर, म हरेक दिन एक घण्टा साइकल चलाउँछु । एक घण्टा साइकल नचलाईकन मलाई चित्त नै बुझ्दैन । तर, साइकल कहाँ चलाउँछु कोठामा पाङ्ग्रा नभएको साइकल चलाउँछु । पसिना निकाल्छु, तर, मलाई साँच्चिकै पाङ्ग्रा भएको साइकल चलाएर हिँड्न मन लाग्थ्यो । केही समय अगाडी पोखरामा साइकल ¥याली हुँदाखेरी ३५ किलोमिटर साइकल चलाएको हो । साइकल चलाउन सक्छु तर, साइकल चलाउने ठाउँ छैन । साइकल चलाउने ठाउँको साह्रै ठूलो अभाव छ । साइकल चलाउँदा खेरी ज्यानको माया मारेर चलाउनुपर्छ । मोटरसाइकलले कामलाई छिटो त बनाइदिएको छ तर, मोटरसाइकलले संसारलाई नै प्रदूषित गर्दिसक्यो । सहरमा हिँड्दा खेरी मोटरसाइकलले हान्दिएला भन्ने डर हुने बेला आइसक्यो । डरै डरले हिँड्नुपर्ने ठाउँमा साइकल लिएर हिँड्नुपर्ने एकदमै जोखिमपूर्ण यात्रा नै हुन जान्छ । हो, साइकल चढ्नुपर्छ । साइकलले प्रदूषण घटाउँछ । डिजेल पेट्रोलका साधनले प्रदूषण बढाउँछ । मानव स्वास्थ्यमा असर पु¥याउँछ भन्ने कुरा यहाँ भनिरहन पर्दैन । नयाँ संरचनाहरू बनिरहेका छन्, नयाँ रिङरोडहरु बनिरहेका छन्, तर त्यसमापनि साइकल लेन छुट्याउन कञ्जुस्याँई गरिरहेका छौ । ह्विलचियर मैत्री सडकलाई प्राथमिकता दिनुपर्छ । सहरको नीति निर्माणमा साइकल यात्रा र ह्विलचियर यात्राका लागि राम्रो नीति बनाउनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =