रूकुम पश्चिममा उपमेयरले शिक्षा शाखा प्रमुख कुटे

रूकुम पश्चिमको मुसिकोट नगरपालिकाका उपमेयरले कार्यकक्षमै शिक्षा शाखा प्रमुखमाथि कुटपिट गरेका छन्।

उपमेयर विमलकुमार पुनले शिक्षा शाखा प्रमुख नरेन्द्र वलीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काको कार्यकक्षमा काम गरिरहेको समयमा शनिबार बिहान ११ बजेतिर कुटपिट गरेका हुन्।

वलीले आफूमाथी कुटपिट भएको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले अनुसार शिक्षा शाखा अधिकृत वलीले उपमेयर पुनले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताए।

उच्च माध्यमिक तहको लेखा विषयको शिक्षक पदपूर्तिको लागि प्रश्न पत्र बनाउने लगायत आवश्यक काम भइरहेको थियो।

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित पुनले आफूलाई थाहा नै नदिएर मेयरको निर्देशनमा आफ्ना निकटका मानिसहरू नियुक्त गर्ने गरेको दाबी गरे।

परीक्षा रोक्न उपमेयरले दबाब समेत दिएका थिए।

एक जना प्रत्यक्षदर्शीले परीक्षाको पूर्व तयारी गरिरहेका शिक्षा शाखा प्रमुख वलीमाथि उपमेयर पुनले कागजात खोसेर वलीमाथि दुई झापड हानेको जानकारी दिए।

घटना पछि परीक्षा स्थगित भएको छ।

नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष देवबहादुर वली र सचिव कमल केसी र नेपाल ट्रेड युनियनका जिल्ला अध्यक्ष देवबहादुर खड्काले विज्ञप्तिमार्फत् कानुन हातमा लिने उपमेयर पुनलाई कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 19 =