वरिष्ठ कलाकार सानु ताम्राकारको निधन
२०८० भदौ ९ गते

काठमाडौँ । वरिष्ठ कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ ।
काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
उनले भने, “विगत २४ दिनदेखि उपचाररत रहनुभएका उहाँ हामीमाझ रहनुभएन । उहाँलाई आइतबार बिहान पशुपतिस्थित आर्यघाटमा श्रद्धाञ्जली दिएर अन्त्येष्टि गर्ने तयारी छ ।”
निरौलाले कलाकार ताम्राकारको निधनले सङ्घसँगै आफू पनि मर्माहत भएको बताए । ‘मेरी मामु’, ‘भुईँ मान्छे’, ‘ग्याम्ब्लर’, ‘पल’लगायतका चलचित्रमा अभिनय गरेका कलाकार ताम्राकारकी श्रीमती रुकमणि ताम्राकार छिन् ।
ताम्राकारका छोरा सारुक ताम्राकारले गत असार २१ मा आत्महत्या गरेका थिए । छोराले आत्महत्या गरेपछि उनी किड्नीमा समस्या देखिएर अस्पताल भर्ना भएका थिए ।
२०८० भदौ ९ गते
प्रतिक्रिया
सम्बन्धित










