स्पेन पहिलो पटक महिला विश्वकपको क्वाटरफाइनलमा
२०८० साउन २० गते

स्पेनले पहिलो पटक महिला विश्वकपको क्वाटरफाइनल स्थान बनाएको छ।
शनिबार अन्तिम १६ को खेलमा स्विटजरल्यान्डलाई ५–१ को फराकिलो अन्तरमा पराजित गर्दै स्पेनले ऐतिहासिक यात्रा तय गरेको हो।
अब स्पेनले क्वाटरफाइनलमा नेदरल्यान्ड्स वा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
स्पेनका लागि एटाना बोनमाटीले दुई गोल गरिन् ।
अल्बा रेडोन्डो, कोडिना र जेनफिर हरमासोले एक एक गोल थप्दा फराकिलो जित सम्भव भयो।
स्विटजरल्यान्डका लागि लाइआ कोडिनाले एक गोल फर्काइन्।
२०८० साउन २० गते
प्रतिक्रिया
सम्बन्धित








