पार्टीभित्र अनुशासनको आवश्यकता छ : डा. प्रकाशशरण महत

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेताहरूलाई खुइल्याउने काम नगर्न आग्रह गरेका छन् ।

आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले नेतृत्वलाई अनावश्यक गाली गलौज गर्ने र खुइल्याउने काम नगर्न आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जालबाट नियोजित किसिमले विरोध गर्नेकुरा कसैले कहीँबाट पनि गर्नु नहुने बताए । उनले आपसमा गालीगलौज नगरी एकताबद्ध भएर अगाडी बढेमा काँग्रेसलाई कसैले विस्थापित गर्न नसक्ने उनले बताए । उनले पार्टीभित्र अनुशासनको आवश्यकता रहेको बताए ।

उनले भने ‘आजको आवश्यकता हाम्रो पार्टीमा विचार छैन । हाम्रो पार्टीको दृष्टिकोण छैन । हाम्रो पार्टीको मिसन छैन । हाम्रो पार्टीको भिजन छैन त्यो होइन । हाम्रो पार्टीको मिसन छ । हामी हाम्रो पार्टीप्रति गर्व गर्छौँ । उच्च मनोबलका साथ जनतामा जान्छौँ । हामी त खत्तम भइसक्यौँ । हाम्रो अब भविष्य छैन । फलानोले गर्दाखेरी पार्टी यो ठाउँमा पुग्यो । ऊ ठाउँमा पुग्यो भन्ने मानसिकताबाट प्रस्तुत हुन्छौँ भने जतिसुकै, जतिवटा कार्यक्रम गरेपनि हामीले हाम्रो जनआधार जुन बिस्तार गर्ने लक्ष्य राखेका छौँ एक्लै निर्वाचन जित्ने लक्ष्य राखेका छौँ । त्यो पूरा हुन सक्दैन । त्यसकारण पहिलो कुरा अनावश्यक किसिमको गालीगलौज, नेतृत्वलाई खुइल्याउने कुरा र सामाजिक सञ्जालबाट नियोजित किसिमबाट विरोध गर्नेकुरा र नभएकोलाई पनि भएको जस्तोगरी प्रस्तुत गर्नेकुरा हामी कहीँ कतैबाट, कसैले पनि गर्नु हुँदैन । त्यो नगरेर हामी एक मनले, एक चित्तले पार्टी सङ्गठनमा लाग्यौँ भने, जनताको बिचमा गयौँ भने नेपाली काँग्रेसलाई कसैले रिप्लेश गर्न सक्दैनँ । त्यसमा दुईमत छैन । त्यसैले मूलभूत रूपमा पार्टीमा अनुशासनको आवश्यकता छ । र अनुशासनको लागि हाम्रो पार्टी हो । पार्टीमा मतभिन्नताहरू हुन सक्दछन् । एक अर्कालाई कतिपय अवस्थामा मन पराउँला नपराउँला । तर हाम्रो पार्टीको उम्मेदवार भइसकेपछि त्यसलाई हामी सघाउँछौँ । मलाई व्यक्तिगत रूपमा मन नपर्न सक्छ । हाम्रो पार्टीको उम्मेदवार भन्दा अर्को पार्टीको उम्मेदवार हाम्रो सहयोगी हुन सक्दैन भन्ने बटमलाइनमा हामी एक हुने कि नहुने रु’

उनले पार्टीभित्र मतभिन्नताहरू भएपनि निर्वाचनका बखत पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउनुपर्ने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =