श्रम अदालतको पुस्तकले विधि शास्त्र निर्माणमा सहयोग पुग्नेछ : प्रधानन्यायाधीश कार्की

काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले श्रम सम्बन्धि केही महत्वपूर्ण फैसलाहरुको संग्रह पुस्तकले श्रम विधि सम्बन्धि कानून, विधिशास्त्र निर्माण गर्न सहयोग गर्ने बताएका छन् ।

शुक्रवार श्रम सम्बन्धि केही महत्वपूर्ण फैसलाहरुको संग्रह, २०८० पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले यस्तो बताएका हुन् । उनले श्रम अदालतले र श्रमसँग सम्बन्धित विवादमा सर्वोच्च अदालतबाट प्रतिवादित नजिरहरुलाई समेत सामेल गरेर पुस्तक प्रकाशित गर्नु वार्षिक कार्यतालिका भित्रैको काम भएको बताए ।

उनले पुस्तकसँग सरोकार राख्ने सबै सरोकारवालाहरु न्यायलय,कानून व्यवसायी,अनुसन्धानकर्ताहरु,प्रध्यापक र विद्यार्थीहरु लगायत सबैलाई यो पुस्तक अत्यन्तै उपयोगी हुने बताए । उनले पुस्तकले पारदर्शिता र निश्चित सिद्धान्तलाई अँगालेर श्रम अदालतले फेरि मुद्दाहरु फैसला गर्नको लागि मार्ग दर्शन बन्नसक्ने बताए ।

प्रधानन्यायाधीश कार्कीले श्रम अदालतले गरेको फैसला आगामी दिनमा सबै अवस्थामा बाइडिङ हुन नसक्ने बताए । उनले कानूनको व्याख्याको सन्र्दभमा भएका फैसलाहरु यदी अन्यथा नहुने स्थिती भए कानूनको व्याख्या ठिक ढङ्गले हुँदा श्रम अदालतबाट अन्तिम भएका फैसलाहरु पनि सर्वोच्च अदालतको व्याख्यालाई मान्नुपर्ने बाध्यतात्मक अवस्था श्रम अदालतलाई रहेको बताए ।

उनले भने ‘श्रम अदालतले र श्रमसँग सम्बन्धित विवादमा सर्वोच्च अदालतबाट प्रतिवादित नजिरहरुलाई समेत सामेल गरेर जुन पुस्तक प्रकाशित भएको छ । पुस्तकसँग सरोकार राख्ने सबै सरोकारवालाहरु न्यायलय, कानून व्यवसायी, अनुसन्धानकर्ताहरु, प्राध्यापक र विद्यार्थीहरु लगायत सबैलाई यो पुस्तक अत्यन्तै उपयोगी हुने देखिन्छ । पुस्तकले पारदर्शिता र निश्चित सिद्धान्तलाई अँगालेर श्रम अदालतले फेरि फेरि मुद्धाहरु फैसला गर्नको लागि मागदर्शन बन्नसक्छ । श्रम अदालतले गरेको फैसला भोलि सबै अवस्थामा बाइडिङ नगर्न पनि सक्छ । त्यो अन्योन्यास्रित हुनसक्छ । कानूनको व्याख्याको सन्र्दभमा भएका फैसलाहरु छन् । कानूनको व्याख्या गर्ने सन्दर्भमा यदी अन्यथा नहुने स्थिति छ । कानूनको ब्याख्या ठिक ढङ्गले भएको छ । श्रम अदालतबाट अन्तिम भएका फैसलाहरु भएपनि श्रम अदालतबाट भएका फैसला पनि सर्वोच्च अदालतमा गएका छन् । सर्वोच्च अदालतबाट व्याख्या हुन बाँकी छ । अन्यथा व्याख्या भएको छ भने त्यो अवस्थामा सर्वोच्च अदालतको व्याख्यालाई मान्नुपर्ने बाध्यतात्मक अवस्था श्रम अदालतलाई हुन्छ । श्रम विधिशास्त्र र श्रम विधिसम्बन्धि कानून विधिशास्त्र निर्माण गर्ने र अनुशरण गर्ने कुरामा ठूलो योगदान पुर्याउनेछ ।’

उनले श्रम विधिशास्त्र र श्रम विधिसम्बन्धि कानून विधिशास्त्र निर्माण गर्ने र अनुशरण गर्ने कुरामा पुस्तकले ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =