इजरायली क्लबमा अनुबन्धित फुटबल खेलाडी सावित्राको बिदाई (तस्बिर)
२०८० साउन ३ गते

काठमाडौँ । इजरायलको महिला फुटबल क्लबमा अनुबन्धित भई व्यवसायिक फुटबल खेल्न जान लागेकी सावित्रा भण्डारीलाई बिदाई गरिएको छ ।
सिंहदरबारमा भएको कार्यक्रममा युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ, नेपालका लागि इजरायली राजदूत हनन् गोदर लगायतले एक कार्यक्रमका बीच सात्रिालाई बिदाइ गरेका हुन् ।
नेपाली टिमकी फरवार्ड सावित्रा इजरायली क्लब क्लब हापोएल रानानाबाट लिग खेल्न अनुबन्धित भइकी हुन् । उनी १ अगष्टमा इजरायल जानेछिन् ।

२०८० साउन ३ गते
प्रतिक्रिया
सम्बन्धित









