चितवनमा बाघको आक्रमणबाट तीन जना घाइते

चितवनमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन्। माडी नगरपालिका–३ मा बाघको आक्रमणबाट तीन जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी रहेका छन्।

निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन जानुभएका उहाँहरूलाई बाघले आक्रमण गरेको हो।

बाघको आक्रमणबाट घाइते उनीहरूको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर ल्याइँदै गरिएको कार्यालयले जनाएको छ। बाघले ५ः२० वजे आक्रमण गरेको हो। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 13 =