अदालतकी कर्मचारी कुट्ने वकिल छुटे

ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वकिल छुटेका छन्।

जिल्ला प्रशासन कार्यालयको आदेशमा अधिवक्ता अमिर लामिछाने साधारण तारेखमा रिहा भएका हुन्।

तामाङमाथि कुटपिट गरेको आरेपमा उनलाई गत बुधबार प्रहरीले पक्राउ गरेको थियो। तर कुटपिटको विरोधमा आइतबार देशभरका अदालतमा कर्मचारीहरूले दिउँसो साढे १ बजेसम्म काम ठप्प पारेका थिए।

यता नेपाल बार एशोसिएनले आइतबार विज्ञप्ति जारी गर्दै लामिछानेलाई २४ घन्टाभित्र रिहा गर्न अल्टिमेटम दिएको थियो। उनलाई रिहा नगरे सोमबार देशभरका अदालतमा बहस नगर्ने चेतावनी बारले दिएको थियो।

मिसिल हेर्ने विषयमा विवाद भएपछि उनले तामाङमाथि कुटपिट गरेको आरोप छ। घटनापछि नासु तामाङले जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =