सङ्घीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेस हुन्छ: शिक्षामन्त्री राई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा ऐनसम्बन्धी विधेयक छिट्टै संसदमा पेस गर्ने बताएका छन् ।
गत असार ४ गते मन्त्रीपरिषद्का पेस गरिएको सो विधेयक त्यहाँबाट स्वीकृति प्राप्त हुने बित्तिकै संसदमा पेस गर्ने उनको भनाई थियो । मङ्गलवार प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा मन्त्री राईले सो विधेयकको मस्यौदामा विद्यालय सुधारका लागि आवश्यक व्यवस्था गरिएको दाबी समेत गरे ।
उनले भने ‘सङ्घीय शिक्षा ऐन कहिले आउँछ सदन भनेर धेरै माननीयज्यूहरूले जिज्ञासा राख्नु भएको छ । मैले यस बारेमा पनि यहाँहरूलाई निवेदन गरिसकेको छु । असार ४ गते त्यो मन्त्रीपरिषद्मा दर्ता भइसकेको छ । आज १२ गते हो । मलाई लाग्छ आजको क्याबिनेटमा त्यो आईसकेको होला । र, मन्त्रीपरिषद्ले अनुमति दिनेवित्तिकै संसदमा त्यो विधेयक दर्ता हुने कुरा माननीयजीहरूलाई निवेदन गर्न चाहन्छु । र, त्यो ऐन बन्ने बित्तिकै, त्यो विधेयक सांसदले पारित गर्ने बित्तिकै विद्यालय शिक्षा क्षेत्रमा दातृ निकायहरूले पनि गुणस्तर सुधारका निम्ति पर्याप्त सहयोग गर्न सक्ने जानकारी चाहिँ भेटवार्ताहरूमा दिने गरेका छन् । दरबन्दी व्यवस्थापन, पाठ्यक्रम व्यवस्थालगायतका विद्यालय विद्यालय सुधारका धेरै काम यो ऐनले पूरा गर्नेछ ।’
मन्त्री राईले विद्यालय शिक्षा क्षेत्रको सुधारका लागि दातृ निकायहरूले पर्याप्त सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको सदनलाई जानकारी गराए ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =