रुस्लान भोड्काले पार गर्‍यो उत्पादनको ५०औँ वर्ष, ल्यायो नयाँ आकर्षक बोतल 

काठमाडौँ ।  रुस्लानले भोड्का उत्पादनको ५०औँ वर्ष पार गरेको छ । सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको बताइएको छ ।

यस ब्रान्डले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरूप दिएको छ । हालै सार्वजनिक गरिएको नयाँ बोतल आकर्षक र पारदर्शी बनौटमा रहेको छ । जसले गर्दा बोतलमा रहेको भोड्काको शुद्धता स्पष्टसँग बाहिरबाटै अनुभव गर्न सकिने कम्पनीको भनाइ छ ।

आधा शताब्दीदेखि रुस्लानले उपभोक्ताको सन्तुष्टिलाई निरन्तर पहिलो प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ । ग्राहकको चाहनालाई मध्यनजर गर्दै सृजनशीलता र नयाँपन ब्रान्डका लागि विभिन्न समयमा परिष्कृत रूपमा उत्पादन एवं बोटलिङ गर्दै आएको छ र आगामी दिनमा पनि ग्राहकको चाहनालाई उच्च स्थान दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।

हाल सार्वजनिक गरिएको बोतल यसैको निरन्तरताको स्वरूप रहेको कम्पनीले बताएको छ । रुस्लान भोड्का ७५० एमएल, ३७५ एमएल र १८० एमएलको प्रिमियम बोतलहरूमा पाउन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =