सरकारी अड्डाबाट फाइल अघि नबढ्ने रोगले निजी क्षेत्रलाई समस्या भयो : चन्द्र ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानीमैत्री वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।

बिहीबार बुटवल–पाल्पाको लुम्बिनी केबलकारको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताए । उनले नेपालमा लगानी गर्न प्रकृतिले नै अथाह सम्भावना दिए पनि सरकारको नीतिका कारण लगानी गर्न कठिन भइरहेको बताए । उनले लगानीका लागि आकर्षित गर्ने सरकारको नीति रहेपनि निजी क्षेत्रले आवश्यक मात्रामा सहजीकरण पाउन नसकेको बताए ।

उनले साना कुरामा पनि झन्झट व्यहोर्नुपरेको भन्दै क्याबिनेटबाट निर्णय भइसकेका कुरामा पनि कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले समस्या भोगिरहेको बताए । उनले लगानीको वातावरण नहुँदा लगानीकर्तामा निराशा उत्पन्न भएको बताए । उनले निजी क्षेत्रका फाइलहरु सरकारी कार्यालयबाट अघि बढ्न नसक्दा निजी क्षेत्रलाई थप लगानीका कुरामा समस्या भएको बताए ।

रुपन्देहीलाई लुम्बिनी प्रदेशकै आर्थिक राजधानी बनाउने जनताको चाहनालाई लुम्बिनी केबलकारले पूरा गर्ने विश्वास रहेको बताए । चीन र भारतको जनसंख्यालाई मध्यनजर गरी पर्यटन नीति बनाउनसके पर्यटक खोज्न भौँतारिनु नपर्ने बताए । नेपालमा पर्यटकको बसाई अवधि बढाउनुपर्ने आवश्यकता महसुस भइरहेका बेला यो सर्किटले विदेशी पर्यटकको बसाई लम्बाउन योगदान दिने विश्वास व्यक्त गरे ।

बुटवल–पाल्पाको लुम्बिनी केबलकारले नेपालको मात्र नभएर भारतका उत्तर प्रदेश र बिहार राज्यको झन्डै ३५ करोड नागरिकको पनि आकर्षक गन्तव्य बन्ने बताए । रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =