राप्रपाले किन राख्यो संसद् बैठक स्थगनको प्रस्ताव ?
२०८० जेठ २१ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठकको नियमित कार्यक्रम स्थगन गर्न प्रस्ताव गरेको छ । आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अझै सुरु भएको छैन ।
तर, राप्रपाले नीति र नियम विपरीत नागरिकता विधेयक प्रमाणीकरण गरेकाले यस विषयमा छलफल नगरी नियमित रूपमा संसद् बैठक अघि नबढ्ने भन्दै निर्धारित सबै कार्यक्रम स्थगित गर्न प्रस्ताव गरिएको हो ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम संसद् बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव पेस गरेका छन् ।

२०८० जेठ २१ गते
प्रतिक्रिया
सम्बन्धित








