लोकतन्त्रको विकल्प छैन : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमारले लोकतन्त्रको विकल्प नभएको बताएका छन् ।
उनले निरङ्कुशतन्त्रविरुद्ध नेपालले जनताले  लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त  सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवर्धन गर्नुपर्ने बताएका हुन् ।
गणतन्त्र दिवसका अवसरमा उनले आज एक विज्ञप्ति जारी गर्दै जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा  समृद्धि कायम गर्न सकिने लोकतन्त्रको विकल्प नरहेको बताएका हुन् ।
राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन जोड दिइएको उल्लेख गर्दै जारी विज्ञप्तिमा समाजवादमा  सामाजिक न्याय र समानतासहित आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
सुशासन कायम गर्न संस्थागत बेथिति र  भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =