राष्ट्र र जनताको हितका लागि सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिन जरुरी : प्रधानमन्त्री (भिडिओ)

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र र जनताको हितका लागि काम गर्न सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

शनिबार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताए ।

उनले सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भूमिका रहे पनि राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले सबै एक ठाउँमा उभिनुपर्ने बताए । उनले जनताको हितमा समझदारी र सहमति आवश्यक रहेको उल्लेख गरे ।

उनले विगतका नमिठा पक्षलाई बिर्सिएर जनता र देशको विकासका लागि लाग्न आह्वान गरे ।

प्रचण्ड भन्छन्, ‘यही सदनभित्र सत्तापक्ष र प्रतिपक्षका आफ्ना आफ्ना भूमिका छन् । सिद्धान्त तः त्यो कुरा हामी बुझ्छौँ पनि । तर राष्ट्रिय समस्या समाधान गर्ने दृष्टिकोणले जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्ने दृष्टिकोणले हर्ने हो भने हामी कतै न कतै हामी एक ठाउँमा उभिन आवश्यक छ । कहीँ न कहीँ हामीले समझदारी र सहमति कायम गर्न आवश्यक छ । त्यस कारण प्रधानमन्त्रीको हैसियतले मैले हुन तः केही तीता, नमिठा पनि भएका छन्, पहिलो गठबन्धनबाट दोस्रोमा आइपुग्दा त्यसका मनोभावनाहरू छन् । तर त्यो भन्दा माथि राष्ट्र र जनता हो, त्यस कारण जनताका हितमा काम गर्न एक हुनुपर्छ ।’

प्रधानमन्त्री दाहालले आफ्नो ठाउँबाट गर्नुपर्ने त्याग गरेको स्पष्ट पारे । उनले अहिले देशका अघि रहेका समस्या र चुनौतीको समाधान गर्न राष्ट्रिय सहमति आवश्यक रहेको उल्लेख गरे ।

संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री (LIVE)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 7 =