बलात्कार कसुरमा साढे नौ वर्ष कैद फैसला
२०८० जेठ ५ गते

दमौली । बलात्कार गरेको कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद फैसला सुनाएको छ । तेह् वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका–५ कल्चोकका २२ वर्षीय विनोद विकलाई सो सजाय फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले उक्त फैसला गरेको हो । अदालतले पीडितलाई रु २५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।
पीडितलाई विकले वि.सं २०७७ असार २० गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले सोही दिन इलाका प्रहरी कार्यालय डुम्रेमा उजुरी दिएका थिए । प्रहरीले विकलाई वि.सं २०७७ असार २४ गते पक्राउ गरेको थियो ।
अदालतको आदेशमा आरोपित विक वि.सं २०७७ साउन १३ गतेदेखि पुर्पक्षका लागि कारागारको थुनामा थिए ।
२०८० जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित








