शंकर पोखरेलले लेखे- लडाकु शिविरको खुला सत्य !

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले लडाकु शिविर प्रकरणमा माओवादीले राज्यमाथि लुट र डकैती गरेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा ‘लडाकु शिविरको खुला सत्य !’ शीर्षकमा आफ्नो प्रतिक्रिया लेख्दै यस्तो आरोप लगाएका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन भनिरहेको भन्दै पोखरेलले खुलेआम भएकाले त्यसलाई लुट र डकैती भन्नुपर्ने टिप्पणी गरे । ‘लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो । डकैती थियो ।’ उनले भनेका छन्, ‘अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र ?’

महासचिव पोखरेलले लडाकुका नाममा राज्यले उपलब्ध गराएको सहयोग उनीहरूका कमाण्डरले लुटे र कसकसलाई बुझाए भन्ने कुरा खोजी गर्दा लुक्न नसक्ने उल्लेख गरेका छन् । वास्तविक ७/८ हजारको सङ्ख्यामा रहेका लडाकुलाई ३२-३३ हजार पुर्‍याएको कुरा प्रचण्ड आफैँले बोलेको अडियो सामाजिक सञ्जालमा सुरक्षित रहेको पोखरेलेको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 10 =