सरकार नराम्रा काम गर्दै नगर्ने पक्षमा छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय र सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार नराम्रा काम गर्दैनगर्ने पक्षमा रहेको पनि बताए । उनले देशको सुशासनका लागि सबैले साथ दिन आवश्यक रहेको बताए । वर्तमान अवस्थामा पनि जटिलताहरु धेरै रहेको उल्लेख गर्दै इमानदार कम्युनिष्टहरुको आवश्यकता रहेको बताए ।

‘अहिले परिस्थिति नयाँ बनेको छ,’ उनले भने, ‘हामी फेरि पनि सामाजिक रुपान्तरणको निम्ति मैले अहिले सरकारको प्रधानमन्त्रीको हैसियतमा हाम्रो मन्त्री मण्डलले सामाजिक न्याय र सुशासन र समृद्धि यात्रालाई नयाँ ढंगले शुरु गर्ने भन्ने एउटा अठोटका साथ अघि बढेका छौँ । सरकार राम्रा बाहेक नराम्रा काम गर्दै नगर्ने गर्दै नगर्ने भनेर लागेका छौँ । सुशासनका लागि हामीलाई सम्पूर्ण इमान्दार क्रान्तिकारीहरुको साथ हुनेछ । जटिलता अहिले पनि छन्, म धेरै भन्न चाहन्न, अहिले हामी सुशासनको निम्ति गम्भीर भएर लागेका छौँ । सामाजिक न्याय र समृद्धिका निम्ति पनि अघि बढेका छौँ ।’

प्रधानमन्त्री दाहालले सरकार सामाजिक न्याय र समृद्धिका लागि अघि बढेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + thirteen =