फेरि वर्षाले रोकियो खेल
२०८० वैशाख १८ गते

काठमाडौँ । एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल फेरि वर्षाका कारण रोकिएको छ । टियु क्रिकेट मैदानमा जारी नेपाल र युएईबीचको खेल वर्षाले रोकिएको हो ।
वर्षाले खेल रोकिनु अघिसम्म युएईले २७.३ ओभर खेलेर ९ विकेट गुमाउँदै १०६ रन बनाएको छ । युएईका ब्याट्सम्यान आसिफ खान ४६, जाहूर खान ०, आयान खान ५, बसिल हामिद १०, रोहन मुस्तफा २, रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।
त्यस्तै आजको खेलमा नेपाली बलरहरूले शानदार बलिङ गरिरहेका छन् । नेपालका लागि ललित राजवंशीले ३ विकेट लिएका छन् भने करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामी र गुलशन झाले एल एक विकेट लिएका छन् ।
वर्षाले आजको खेल रोकिएमा भोलि खेलले निरन्तरता पाउने छ । फाइनल खेलका लागि एक दिनको रिजर्भ डे राखिएको छ ।
२०८० वैशाख १८ गते
प्रतिक्रिया
सम्बन्धित








