फेरि वर्षाले रोकियो खेल

काठमाडौँ । एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल फेरि वर्षाका कारण रोकिएको छ । टियु क्रिकेट मैदानमा जारी नेपाल र युएईबीचको खेल वर्षाले रोकिएको हो ।

वर्षाले खेल रोकिनु अघिसम्म युएईले २७.३ ओभर खेलेर ९ विकेट गुमाउँदै १०६ रन बनाएको छ । युएईका ब्याट्सम्यान आसिफ खान ४६, जाहूर खान ०, आयान खान ५, बसिल हामिद १०, रोहन मुस्तफा २, रमिज शाहजादले १,  आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए ।

त्यस्तै आजको खेलमा नेपाली बलरहरूले शानदार बलिङ गरिरहेका छन् । नेपालका लागि ललित राजवंशीले ३ विकेट लिएका छन् भने करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामी र गुलशन झाले एल एक विकेट लिएका छन् ।

वर्षाले आजको खेल रोकिएमा भोलि खेलले निरन्तरता पाउने छ । फाइनल खेलका लागि एक दिनको रिजर्भ डे राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =