कोशी प्रदेशमा पर्यटनसँग सम्बन्धित योजना वन कार्यालयबाट सम्झौता हुने

विराटनगर । कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश सरकारले सञ्चालन गर्ने योजनाहरु जिल्लाबाटै सम्झौता गर्नसक्ने गरी निर्णय गरेको छ ।

पर्यटन, वन तथा वातावरण मन्त्रालय माताहतका योजनाहरु जिल्ला वन कार्यालयबाट सम्झौता गर्ने गरि निर्णय भएको मन्त्री जीवन आचार्य बताए ।

टाढाबाट प्रदेश राजधानी विराटनगरसम्म धाएर सम्झौता गर्नुपर्ने बाध्यताको अन्त्य गरि सहज बनाउन जिल्ला वन कार्यालयको सहजीकरणमा योजनाको सम्झौता गर्न सकिने उनले बताए ।

‘१४ जिल्लाकै विकट स्थानमा पर्यटनसँग सम्बन्धित योजना सम्झौताका लागि मन्त्रालय धाउन नपर्ने बाध्यताको अन्त्य गर्ने प्रयास भएको छ,’ उनले भने, ‘यसरी काम गर्दा योजना कार्यान्वायनमा पनि सहजता हुने ठानेका छौँ ।’

पर्यटनसँग सम्बन्धित स्वीकृत भईसकेका तर सम्झौता हुन बाँकी रहेका योजना तथा कार्यक्रमहरुलाई समयमा नै सम्झौता गरी प्रभावकारी ढंगले सम्पन्न गर्न वैशाख मसान्त भित्रको समय सिमा तोकिएको छ ।

ढिला सम्झौता हुने र काम नहुने समस्यालाई तोड्नका लागि चाँडै योजना सम्पन्न गरिसक्नुपर्ने भनिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *