मिटरब्याज पीडितको नारा : तमसुक व्यवस्था खारेज गर

काठमाडौँ । मिटरब्याज पीडितहरू प्रधानमन्त्री निवास बालुवाटार नजिक पुगेका छन् । बर्दिबासबाट पैदल यात्रा मार्फत १२औँ दिनमा सोमबार काठमाडौँ आइपुगेका उनीहरू बिहानै बालुवाटार पुगेका हुन् ।

निवासबाहिर प्रदर्शन र धर्ना दिने तयारीमा रहेका उनीहरूलाई प्रहरीले भाटभटेनीमै रोकेको छ । यसअघि धेरै पटक सरकारबाट आश्वासन पाए पनि मिटरब्याजमाथि कारबाही नभएको र आफूहरूले न्याय नपाएको भन्दै अब भने समस्या समाधान नभएसम्म घर नफर्कने अडानमा उनीहरू रहेका छन् ।

उनीहरू सडक क्षेत्रमा बसेर न्याय माग्दै नाराबाजी गरेका छन् । उनीहरूले तमसुक व्यवस्था खारेज गर, मिटरब्याजीलाई कारबाही गर, हाम्रो जफत गरिएको सम्पत्ति फिर्ता गर, मिटरब्याजीविरुद्धको कानुन निर्माण गर लगायतका नारा लगाएका छन् ।

सोमबार काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मिटर ब्याज पीडितलाई खुलामञ्च प्रवेश गर्न रोक लगाएको थियो । सो क्रममा उनीहरूको राशन बोक्ने गाडी पनि प्रहरीले नियन्त्रणमा लिएर मध्य राति मात्र फिर्ता दिएको उनीहरूको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 20 =