उद्योग वाणिज्य संघमा गोलाप्रथाबाट नेतृत्व चयन, अध्यक्ष बने भट्टचन
पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा अमृत भट्टचन चयन भएका छन् । छैटौँ प्रदेश सभाले उनलाई अध्यक्षमा चयन गरेको हो । अमृत र स्याङ्जाका शोभाकान्त पौडेलले नेतृत्वमा दाबी गरेपछि गोला प्रथाबाट नेतृत्व छानिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका भट्टचन नवलपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हुन् । १५ सदस्यीय कार्यसमितिको उपाध्यक्ष (एसोसिएट) मा कास्कीका सूर्यबहादुर भुजेल र जिल्ला नगर उपाध्यक्षमा पर्वतका केदारनाथ शर्मा र कोषाध्यक्षमा नवराज सुवेदी सर्वसम्मत भए ।
सदस्यमा गोपी अधिकारी, हरिकुमार श्रेष्ठ, गुणराज सिलवाल, केदारप्रसाद पराजुली, दयाराम पौडेल, रामचन्द्र रेग्मी, सीता सुवेदी, हरि शर्मा गैरे, काशी गुरुङ, रामकली खड्का, झलकलाल श्रेष्ठ रहेको संघका कार्यालय प्रमुख निशान खनालले जानकारी दिए । तीमध्ये सीता, हरि, काशी, रामकली र झलकलाल मनोनीत भएका छन् ।