नेपाललाई चौथो सफलता, सन्दीपले लिए दोस्रो विकेट
२०७९ फागुन २९ गते

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) ले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ । नेपालले चौथो विकेट लिएको छ ।
नेपालका लागि सन्दीप लामिछानेले २० रन बनाएर खेलिरहेका पीएनजीका कप्तान असाद भालालाई आउट गरेका हुन् । सन्दीपको यस खेलमा यो दोस्रो विकेट हो । यसअघि सोमपाल कामी र ललित राजवंशीले नेपालका लागि एक एक विकेट लिएका थिए ।
यो समाचार तयार गरुन्जेल पीएनजीले २२ ओभरमा ४ विकेट गुमाउँदै ७७ रन बनाएको छ ।
२०७९ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








