नेपाललाई चौथो सफलता, सन्दीपले लिए दोस्रो विकेट

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) ले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ । नेपालले चौथो विकेट लिएको छ ।

नेपालका लागि सन्दीप लामिछानेले २० रन बनाएर खेलिरहेका पीएनजीका कप्तान असाद भालालाई आउट गरेका हुन् । सन्दीपको यस खेलमा यो दोस्रो विकेट हो । यसअघि सोमपाल कामी र ललित राजवंशीले नेपालका लागि एक एक विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल पीएनजीले २२ ओभरमा ४ विकेट गुमाउँदै ७७ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *